काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र आधिकारिकताको विषय अझ पेचिलो बन्दै गएको छ ।
पार्टी फुटको संघारमा पुगेको अनुमान लगाइरहेको अवस्थामा नेकपा (एमाले)का ११ जना स्थायी कमिटी सदस्यले आइतबार साँझ चार पृष्ठ लामो संयुक्त वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष ओली दक्षिणपन्थी र विसर्जनवादी रहेको आरोप लगाएका छन् ।
वक्तव्यमा भनिएको छ – केपी ओलीका पार्टी विधान विपरितका अराजक, स्वेच्छाचारी, विसर्जनवादी र विघटनकारी क्रियाकलाप नै पार्टी एकता तथा कम्युनिष्ट आन्दोलनका सामु समस्याका रुपमा उपस्थित भएका छन् ।
“सम्पूर्ण पार्टी सदस्य समर्थकहरुले केपी ओलीको राज्यसत्ता संरक्षित दक्षिणपन्थ र विसर्जनवादका विरुद्ध दृढताका साथ संघर्ष गर्दै अघि बढ्नु अपरिहार्य भएको छ,” भन्दै विज्ञप्तिमा अगाडि भनिएको छ – “हामी केपी ओली गुटका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्यहरुलाई पराजित गरि छाड्नेछौं ।”
विज्ञप्तिको पूर्ण पाठ











