२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: बागमतीले आर्मीलाई तीन विकेटले हरायो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको छ । बागमती यो ऐतिहासिक जित पनि हो । यसअघि प्रधानमन्त्री कपमा बागमतीले आर्मीलाई हराउन सकेको थिएन ।

जितको ९८ रनको सामान्य लक्ष्य पछ्याएको बागमतीले २२.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

बागमतीको जितमा अशोक पौडेलले सर्वाधिक २१ रन बनाए । प्रतिश जिसि २१ रनमा नट आउट रहँदा ईशान पाण्डेले १२, रविन जोशीले १२, प्रतीक श्रेष्ठले ७, रित गौतमले ४ र आशुतोष घिरैयाले २ रन बनाए ।

बलिङतर्फ आर्मीका तिव्र गतिका बलर सोमपाल कामीले तीन विकेट लिदा जितेन्द्र मुखिया र साहब आलमले दुई/दुई विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी २७।१ ओभरमा अल आउट हुँदै ९७ रन बनाएको थियो ।

आर्मीको लागि कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । भीम सार्की ४१ बलमा ३ चौकासहित १८ रन बनाए भने बिबेक यादवले ११ रन जोडे ।

बागमतीका सूर्य तामाङले ५ विकेट लिए भने प्रतिश जिसीले र रिजन ढकालले समान दुई/दुई विकेट लिए । त्यस्तै, कृर्जन गुरुङले एक विकेट लिए ।