२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: बागमतीले आर्मीलाई तीन विकेटले हरायो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको छ । बागमती यो ऐतिहासिक जित पनि हो । यसअघि प्रधानमन्त्री कपमा बागमतीले आर्मीलाई हराउन सकेको थिएन ।

जितको ९८ रनको सामान्य लक्ष्य पछ्याएको बागमतीले २२.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

बागमतीको जितमा अशोक पौडेलले सर्वाधिक २१ रन बनाए । प्रतिश जिसि २१ रनमा नट आउट रहँदा ईशान पाण्डेले १२, रविन जोशीले १२, प्रतीक श्रेष्ठले ७, रित गौतमले ४ र आशुतोष घिरैयाले २ रन बनाए ।

बलिङतर्फ आर्मीका तिव्र गतिका बलर सोमपाल कामीले तीन विकेट लिदा जितेन्द्र मुखिया र साहब आलमले दुई/दुई विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी २७।१ ओभरमा अल आउट हुँदै ९७ रन बनाएको थियो ।

आर्मीको लागि कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । भीम सार्की ४१ बलमा ३ चौकासहित १८ रन बनाए भने बिबेक यादवले ११ रन जोडे ।

बागमतीका सूर्य तामाङले ५ विकेट लिए भने प्रतिश जिसीले र रिजन ढकालले समान दुई/दुई विकेट लिए । त्यस्तै, कृर्जन गुरुङले एक विकेट लिए ।