२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते संसदले मन नपरेको खण्डमा प्रधानमन्त्रीलाई पनि फ्याँक्ने अधिकार राख्छः अर्थमन्त्री वाग्ले संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने सरकारको निर्णय बनेपाबाट रोशी जाँदै गरेको बस दुर्घटना रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय अर्थमन्त्रीलाई हर्कराज राईको सुझावः वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुनुहोस् मन्त्रिपरिषद् बैठक जारी पूँजीगत खर्च द्रुत गतिका साथ हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छः अर्थमन्त्री वाग्ले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको छः प्रधानसेनापति सिग्देल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमप्रकाश अर्यालको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै रिट



अ+ अ-

काठमाडौँ । संवैधानिक कानुन व्यवसायी मञ्च (क्लाफ)का नवनिर्वाचित अध्यक्ष ओमप्रकाश अर्यालको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै जिल्ला अदालत काठमाडौँमा रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता अनन्तराज लुइँटेलले दायर गर्नुभएको रिटमा मञ्चको साधारण सदस्य हुन मञ्चको विधानमा संवैधानिक कानुनमा स्नातकोत्तर (एलएलएम) गर्नुपर्ने व्यवस्था भए पनि अध्यक्ष अर्यालले अन्तर्राष्ट्रिय मानवअधिकार कानुनमा स्नातकोत्तर (एलएलएम)को प्रमाणपत्र प्रस्तुत गरेको उल्लेख छ । उक्त रिटमाथिको सुनुवाई बुधबारका लागि तोकिएको छ ।

गत शुक्रबार सम्पन्न मञ्चको २१औँ साधारणसभाबाट अध्यक्षमा अर्याल निर्वाचित हुनुभएको थियो । जसमा अर्यालले १२ मत प्राप्त गर्दा रिट निवेदनकर्ता अधिवक्ता लुइँटेलले पाँच मत प्राप्त गर्नुभएको थियो । साथै अर्का उम्मेदवार अधिवक्ता रुद्र शर्मा दुई मत प्राप्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस- संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा अर्याल

आफू मञ्चको संस्थापक सदस्य भएको र वरिष्ठताका आधारमा समेत आफू अध्यक्ष हुनुपर्ने अधिवक्ता लुइँटेलले रिटमा माग गर्नुभएको छ । विधानको धारा ९(क)मा संवैधानिक कानुनको विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी कानुन व्यवसायमा संलग्न वा सोही योग्यता पुगी संवैधानिक कानुनको विकास तथा सम्वर्द्धनमा क्रियाशील व्यक्ति मञ्चको सदस्य बन्न सक्ने व्यवस्था छ । रासस