५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा अर्याल



अ+ अ-

काठमाडौँ: संवैधानिक कानुन व्यवसायी मञ्चको २१औँ साधारणसभाले ओमप्रकाश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

मञ्चको उपाध्यक्षमा शर्मिला श्रेष्ठ, महासचिवमा लीलाधर उपाध्याय, कोषाध्यक्षमा रोशन पोखरेल, सदस्यमा दिनेश त्रिपाठी, अमरबहादुर राउत, रोशनी पौड्याल र पवनकुमार जायसवाल निर्वाचित हुनुभएको हो ।

दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित भएको नवनिर्वाचित अध्यक्षमा ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । मञ्चको संस्थापक अध्यक्षमा डा भीमार्जुन आचार्य, पूर्वअध्यक्षमा कुमार रेग्मी, टीकाराम भट्टराई, डा चन्द्रकान्त ज्ञावली, रविनारायण खनाल, ललितबहादुर बस्नेत, राजुप्रसाद चापागाईँ, दिनेश त्रिपाठी हुनुुहुन्छ । रासस