९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेसर लो भएमा के गर्ने ? अप्नाउनुहोस् यी उपायहरु



अ+ अ-

काठमाडौं । रक्तचाप अचानक न्यून भएमा यसले शरीरका विभिन्न अंगमा हानि पुर्‍याउन सक्छ । प्रेसर लो भएको महसुस भएमा तल दिएका टिप्सहरु अप्नाउन सक्नु हुन्छ । 

नुनपानी खाने
नुनमा सोडियम पाइन्छ, जसले ब्लड प्रेसर बढाउन मद्दत गर्छ । प्रेसर लो भएमा एक ग्लास पानीमा डेढ चम्चा नुन हालेर पिउनुपर्छ ।

कफी
ब्लड प्रेसर कम भएमा स्ट्रोङ कफी, हट चकलेट, कोकाकोला अथवा क्याफिनयुक्त खाद्य पदार्थ खानाले प्रेसर सन्तुलनमा आउँछ । यदि सधै प्रेसर लो भइरहन्छ भने हरेक बिहान एक कप कफी खाने गर्नुपर्छ । तर, कफीसँगै केही खानेकुरा खान भुल्नु हुँदैन ।

किसमिस
प्रेसर लो भएमा किसमिस खानु पनि लाभदायक हुन्छ । प्रेसर लो भइरहन्छ भने राति केही किसमिस भिजाएर भोलिपल्ट बिहान भिजेको किसमिस र त्यसको पानी खाने गर्नुपर्छ।

तुलसी
तुलसीमा भिटामिन–सी, पोटासियम, म्याग्नेसियमजस्ता तत्व पाइन्छन् । प्रेसर लो भएमा १०–१५ वटा तुलसीका पत्ता जुसमा हालेर त्यसमा एक चम्चा मह हाली पिउने गर्नुपर्छ।

कागती पानी
कागती पानीले उच्च र न्यून रक्तचाप दुवैमा लाभ गर्छ । प्रेसर लो भएमा कागती पानीमा अलिकति नुन र चिनी हालेर पिउनुपर्छ ।