४ पुष २०८२, शुक्रबार
,
Latest
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैं रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेसर लो भएमा के गर्ने ? अप्नाउनुहोस् यी उपायहरु



अ+ अ-

काठमाडौं । रक्तचाप अचानक न्यून भएमा यसले शरीरका विभिन्न अंगमा हानि पुर्‍याउन सक्छ । प्रेसर लो भएको महसुस भएमा तल दिएका टिप्सहरु अप्नाउन सक्नु हुन्छ । 

नुनपानी खाने
नुनमा सोडियम पाइन्छ, जसले ब्लड प्रेसर बढाउन मद्दत गर्छ । प्रेसर लो भएमा एक ग्लास पानीमा डेढ चम्चा नुन हालेर पिउनुपर्छ ।

कफी
ब्लड प्रेसर कम भएमा स्ट्रोङ कफी, हट चकलेट, कोकाकोला अथवा क्याफिनयुक्त खाद्य पदार्थ खानाले प्रेसर सन्तुलनमा आउँछ । यदि सधै प्रेसर लो भइरहन्छ भने हरेक बिहान एक कप कफी खाने गर्नुपर्छ । तर, कफीसँगै केही खानेकुरा खान भुल्नु हुँदैन ।

किसमिस
प्रेसर लो भएमा किसमिस खानु पनि लाभदायक हुन्छ । प्रेसर लो भइरहन्छ भने राति केही किसमिस भिजाएर भोलिपल्ट बिहान भिजेको किसमिस र त्यसको पानी खाने गर्नुपर्छ।

तुलसी
तुलसीमा भिटामिन–सी, पोटासियम, म्याग्नेसियमजस्ता तत्व पाइन्छन् । प्रेसर लो भएमा १०–१५ वटा तुलसीका पत्ता जुसमा हालेर त्यसमा एक चम्चा मह हाली पिउने गर्नुपर्छ।

कागती पानी
कागती पानीले उच्च र न्यून रक्तचाप दुवैमा लाभ गर्छ । प्रेसर लो भएमा कागती पानीमा अलिकति नुन र चिनी हालेर पिउनुपर्छ ।