७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विगतका तिक्तता मेटाउँदै एमालेका शीर्ष नेता



अ+ अ-

काठमाडौं । पछिल्लो पटक नेकपा (एमाले) का शीर्ष नेताबीच  देखिएको तिक्तता मेटाउन छलफल शुरु भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच बिहान छलफल शुरु भएको छ । 

गत फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई मान्यता नदिएपछि एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएपछि एमाले अध्यक्ष ओलीले नेपाल पक्षको सहभागिताविना बैठकले केन्द्रीय कमिटीका पदाधिकारी हेरफेर,  माओवादी केन्द्रबाट आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन र विधान संशोधन गरेपछि दुई समूहबीच तिक्तता पैदा भएको थियो । 

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना र एमाले ब्युँतिएपछि पहिलो पटक शीर्ष नेताहरु एमालेलाई एकताबद्ध बनाउन र एकापसमा देखिएका विवाद सुल्झाउन छलफलमा जुट्नुभएको हो । गत फागुन २३ गते नेकपालाई सर्वोच्च अदालतले मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएका हुन् । 

आजको छलफलमा  महासचिव ईश्वर पोखरेल, नेता विष्णुप्रसाद पौडेल, सुवास नेम्बाङ, प्रदीपकुमार ज्ञवाली तथा वरिष्ठ नेता नेपालका तर्फबाट नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र  सुरेन्द्रप्रसाद पाण्डे सहभागी हुनुभएको छ । एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले आजको छलफलले विगतदेखिको संवादहीनतालाई तोड्दै एमालेलाई पुनः एकताबद्ध बनाउने बताउनुभयो । “ शीर्ष नेताबीच वैचारिक, सैद्धान्तिक रुपमा कुनै विवाद छैन”, उहाँले भन्नुभयो, “उहाँहरुबीच कार्यशैली, व्यवहारमा मात्र भिन्नता हो । आजको छलफलले पार्टीलाई एक ढिक्का बनाउने छ ।”

अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले केही दिनयता दुई पक्षबाट भएका गतिविधिले पार्टीलाई असहजता स्थितिमा पु¥याएकाले आजको छलफलले  दुई पक्षबाट भएको गतिविधिलाई रोक्दै सहजतामा ल्याउने विश्वास गर्नुभयो । अध्यक्ष ओलीले यही चैत ७ गते केन्द्रीय कमिटीको बैठक आह्वान गर्नुभएको छ भने नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्दै छ ।