१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

विगतका तिक्तता मेटाउँदै एमालेका शीर्ष नेता



अ+ अ-

काठमाडौं । पछिल्लो पटक नेकपा (एमाले) का शीर्ष नेताबीच  देखिएको तिक्तता मेटाउन छलफल शुरु भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच बिहान छलफल शुरु भएको छ । 

गत फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई मान्यता नदिएपछि एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएपछि एमाले अध्यक्ष ओलीले नेपाल पक्षको सहभागिताविना बैठकले केन्द्रीय कमिटीका पदाधिकारी हेरफेर,  माओवादी केन्द्रबाट आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन र विधान संशोधन गरेपछि दुई समूहबीच तिक्तता पैदा भएको थियो । 

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना र एमाले ब्युँतिएपछि पहिलो पटक शीर्ष नेताहरु एमालेलाई एकताबद्ध बनाउन र एकापसमा देखिएका विवाद सुल्झाउन छलफलमा जुट्नुभएको हो । गत फागुन २३ गते नेकपालाई सर्वोच्च अदालतले मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएका हुन् । 

आजको छलफलमा  महासचिव ईश्वर पोखरेल, नेता विष्णुप्रसाद पौडेल, सुवास नेम्बाङ, प्रदीपकुमार ज्ञवाली तथा वरिष्ठ नेता नेपालका तर्फबाट नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र  सुरेन्द्रप्रसाद पाण्डे सहभागी हुनुभएको छ । एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले आजको छलफलले विगतदेखिको संवादहीनतालाई तोड्दै एमालेलाई पुनः एकताबद्ध बनाउने बताउनुभयो । “ शीर्ष नेताबीच वैचारिक, सैद्धान्तिक रुपमा कुनै विवाद छैन”, उहाँले भन्नुभयो, “उहाँहरुबीच कार्यशैली, व्यवहारमा मात्र भिन्नता हो । आजको छलफलले पार्टीलाई एक ढिक्का बनाउने छ ।”

अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले केही दिनयता दुई पक्षबाट भएका गतिविधिले पार्टीलाई असहजता स्थितिमा पु¥याएकाले आजको छलफलले  दुई पक्षबाट भएको गतिविधिलाई रोक्दै सहजतामा ल्याउने विश्वास गर्नुभयो । अध्यक्ष ओलीले यही चैत ७ गते केन्द्रीय कमिटीको बैठक आह्वान गर्नुभएको छ भने नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्दै छ ।