• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

विश्व व्यापार सङ्गठनको उच्च पदमा सुवेदी निर्वाचित



काठमाडौं । संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगका राजदूत रामप्रसाद सुवेदी विश्व व्यापार सङ्गठनको उच्च पदमा निर्वाचित भएका छन् ।

राजदूत सुवेदी सङ्गठनको ट्रेड एन्ड डेभलपमेन्ट कमिटी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भए पश्चात् उक्त सङ्गठनको टियर एक तहको अध्यक्ष पदमा नेपालका राजदूत निर्वाचित भएको पहिलो अवसर हो ।

विश्व व्यापार सङ्गठनको उच्च पदमा उनी निर्विरोध निर्वाचित भएपछि नेपालको आर्थिक तथा व्यापारिक हित प्रवर्द्धनमा सहज हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको विश्वास छ । मन्त्रालयले राजदूत सुवेदीलाई सफल कार्यकालका लागि शुभकामना पनि दिएको छ भने मन्त्रालयबाट हुनसक्ने आवश्यक सहकार्य तथा समन्वय गर्ने पनि प्रतिबद्धता जाहेर गरेको छ। सीटीडी अध्यक्षको हैसियतमा राजदूत सुवेदीको कार्यकाल एक वर्ष रहनेछ ।

विश्व व्यापार सङ्गठन मूलत: अन्तर्राष्ट्रिय व्यापारको नियम बनाउने सर्वोच्च निकाय हो । तर, पछिल्ला छलफलहरू अति कम विकसित मुलुक र विकासशील मुलुकका प्राथमिकता, विकास र व्यापारमा केन्द्रित छन् ।