११ श्रावण २०८३, सोमबार
,
Latest
व्यावसायिक योजना बिना बनेका विमानस्थलमा करोडौँ लगानी, चार विमानस्थल वर्षौँदेखि बन्द काठमाडौंमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ : आँपको स्वादसँगै व्यापार र कूटनीतिक सम्बन्ध प्रवर्द्धन झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा पोखरामा अमेरिकी नागरिकको मृत्यु कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम सेयरविरुद्धको रिट खारेज, प्रिमियम रकम जगेडा कोषमा राख्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानले इराकमा प्रवेश गरी मोसादको मुख्यालयमा ब्यालेस्टिक मिसाइल प्रहार गर्यो



अ+ अ-

एजेन्सी । इरानले इराकी सीमा नाघेर इजरायलको जासूस मुख्यालयमा मिसाइल प्रहार गरेको छ । इरानको रिभोलुसनरी गार्डले नै आक्रमणको जानकारी दिएको थियो ।

मिडिया रिपोर्टका अनुसार गार्डहरूले सिरियामा इस्लामिक स्टेट विरुद्ध पनि हमला गरेका छन् । हालै, इरानमा बम विस्फोट भएको थियो, जसमा सयौंको मृत्यु भएको थियो । इरानले इजरायललाई आक्रमणको आरोप लगाएको थियो, जसको जवाफमा इरानले मोसादको मुख्यालयमा आक्रमण गरेको हो ।

इरानी गार्डहरूले उत्तरी इराकी सहर एर्बिल नजिकै इजरायलको मोसाद एजेन्सीलाई ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको बताए । आतंकवादी समूह आईएसका बैठकहरू ध्वस्त पार्न ब्यालेस्टिक मिसाइलहरू पनि प्रयोग गरिएको थियो ।

सुरक्षा स्रोतहरूले एरबिलबाट करिब ४० किलोमिटर उत्तर-पूर्वमा रहेको अमेरिकी दूतावास र नागरिक बस्तीसम्म विस्फोटको आवाज सुनिएको बताए ।

अमेरिकी अधिकारीहरूले क्षेप्यास्त्र आक्रमणबाट कुनै पनि अमेरिकी संरचना प्रभावित नभएको बताएका छन् । यद्यपि इजरायली अधिकारीहरूले आक्रमणको पुष्टि भने गरेका छैनन् । आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्, जसलाई नजिकैको अस्पतालमा लगिएको छ । यात्रुलाई अरिबल विमानस्थलमा मात्रै रोकिएको छ ।