• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

हालाण्ड र एमबाप्पेलाई पछि पार्दै मेसी सर्वोत्कृष्ट खेलाडी



एजेन्सी । अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसी फिफाको उत्कृष्ट खेलाडी २०२३ चुनिएका छन् । मेसीले फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेको यो तेस्रो पल्ट हो ।

म्यानचेस्टर सिटीका एर्लिङ हालाण्ड र पिएसजीका किलियन एमबाप्पेलाई पछि पार्दै मेसी विजेता रहे । कीर्तिमान आठ पल्टका बालोन डीओर विजेता समेत रहेका एमएलएस क्लब इन्टर मियामीमा आवद्ध छन् ।

 

यस्तै, महिलातर्फ ऐटाना बोनमटी उत्कृष्ट बनिन् । उनले स्पेनलाई महिला विश्वकप उपाधि र बार्सिलोनालाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेकी थिइन् । उनी पनि बालोन डीओरकी विजेता हुन् ।

यस्तै, म्यान्चेस्टर सिटीका पेप ग्वार्डिओला उत्कृष्ट प्रशिक्षक घोषित भए ।