४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन हजार ३११ जनाको पीसीआर परीक्षण ७९ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । सोमवार ७९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा  तीन हजार ३११ जनाको पीसीआर परीक्षण ७९ जनामा संक्रमण पुष्टि भएसंगै  संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ४०१ पुगेको छ ।

हाल देशभर ८९५ जना आइसोलेसनमा र ४४ जना क्वारेन्टिनमा रहेका ले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाले थप कसैको पनि मृत्यु भएन । हालसम्म कोरोनाले ३ हजार १४ जनाको मृत्यु भएको छ ।