३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरको दुवै वडा फाइनलमा



अ+ अ-

काठमाडौं ।  भक्तपुर नगरपालिकाको दुवै वडा भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्ट्समा सोमबार फाइनलमा प्रवेश गरेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भक्तपुर नगरपालिका २ ले काठमाडौं महागरपालिका २ लाई ३–० तथा भक्तपुर नगरपालिका ८ ले ललितपुर महागरपालिका १२ लाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

 प्रतियोगितामा पुरुषमा २६ टिमका ४ सय ३३ खेलाडीको सहभागिता छ । महिलामा ८ टिमका ९० खेलाडी सहभागी छन् । पुरुष÷महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि र ४५ वर्षमाथि गरी ६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

पुरुष÷महिला सिंगल्सका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । शीर्ष १६ वरीयतामा रहेका खेलाडीले सहभागिताको अवसर पाउने छैनन् । भेट्रानमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पाउने छन् । टिम च्याम्पियन वडालाई ५० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता चैत ७ गतेसम्म चल्ने छ ।