७ श्रावण २०८३, बिहीबार
,
Latest
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिम्याट खाता खोल्नेको सङ्ख्या  ३३ लाख नजिक



अ+ अ-

काठमाडौं । डिम्याट खाता खोल्नेको सङ्ख्या  ३३ लाख नजिक पुुगेको छ । पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार र सार्वजनिक सेयर  निष्कासन (आईपीओ)मा सर्वसाधारणको आकर्षणले डिम्याट खोल्नेको सङ्ख्या बढिरहेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म ३२ लाख ११ हजार ४१६ पुुगेको छ । उक्त लिमिटेडमा अनुसार झन्डै ३३ लाख डिम्याट खातामा छ अर्ब २६ करोड १८ लाख ३८ हजार ६०३ कित्ता सेयर रहेको छ ।

फागुनमा मात्रै  झन्डै चार  लाख डिम्याट खाता थपिएका छन् । माघमा तीन लाख १० हजार ४१६ डिम्याट खाता थपिएका थिएध्रसर्वसाधारणका लागि पछिल्लो समयमा  हात खाली नहुने र ठूलो सङ्ख्यामा सेयर पर्नेगरी आईपीओ खुलाइएको  नेपाल  रिइन्स्योन्स  कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले आईपीओतर्फको   आकर्षण बढाएका छन् ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका  प्रमुख  कार्यकारी  अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार मेरो सेयर प्रयोगकर्ताको  सङ्ख्या  पनि  २२  लाख १३ हजार ८०६ पुगेको छध्र माघमा मेरो सेयर  प्रयोगकर्ता  तीन  लाख  तीन  हजार  ३२४ थपिएकामा फागुनमा तीन लाख ३७ हजार ४४४ थपिएका थिए । गोरखापत्र दैनिकमा छ ।