८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

‘मानवजाति र जनावरबीचको समस्या समुदाय र सरकार मिलेर गर्नुपर्छ’

‘मानवजाति र जनावरबीचको समस्या समुदाय र सरकार मिलेर गर्नुपर्छ’
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बर्दियामा मानव र जनावरबीचको द्वन्द्व समाधानका लागि स्थानीय समुदाय र तीनवटै तहका सरकार मिलेर हल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज बाँसगढी औद्योगिक व्यापार मेलाको उद्घाटनका अवसरमा उहाँले निकुञ्ज क्षेत्रको विकाससँगै यस क्षेत्रमा वर्षेनी वन्यजन्तुको वृद्धि भएको र जङ्गली पशुपन्छीहरू उचित बासस्थान तथा आहारको खोजीमा निकुञ्ज क्षेत्र बाहिर निस्कँदा मानवीय क्षति हुने र बालीनालीमा समेत क्षति पुग्न गएको यो समस्याको समाधानका लागि सङ्घीय सरकार गम्भीर रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री खड्काले लुम्बिनी प्रदेशको अन्न भण्डारका रूपमा रहेको बर्दियामा सिँचाइ आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजना निर्माण शीघ्र सम्पन्न गरी कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । यसका लागि सरकारले आवश्यक सहयोग उपलब्ध गराउने उहाँको भनाइ थियो ।

उपप्रधानमन्त्री खड्काले रासायनिक मलको अभाव, कृषियोग्य जमीनमा सिँचाइको अपर्याप्तता, कृषकहरूलाई उचित तालिम र प्रशिक्षणको अभाव, कृषिमा आधुनिक प्रविधि र पद्धतिको प्रयोग आवश्यक मात्रामा गर्न नसक्दा यहाँको कृषि क्षेत्रबाट जति मात्रामा फाइदा लिन सकिने हो त्यो लिनसकिएको बताउनुहुँदै प्रदेश र स्थानीय तहले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा मद्दत पुग्ने गरी कार्यक्रम कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

“म यहाँका धेरै सम्भावना र समस्याबारे परिचित छु । खासगरी खुला सीमा नाकाका कारण यहाँ विभिन्न किसिमका घुसपैठ भई समय समयमा विभिन्न किसिमका अपराधका घटना घट्ने तथा लुकीछिपी हुने चोरी निकासी पैठारीले स्थानीय तहमा स्वच्छ व्यापारलाई फस्टाउनमा व्यवधान सिर्जना गरिरहेका छन्”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “यसलाई हामी सबैले मिलेर नियन्त्रण गर्न जरुरी छ ।”

उहाँले मुलुकको अर्थतन्त्र सुधार र समाधानका लागि सरकारले प्रयास गरिरहेको र त्यसैका कारण अर्थतन्त्रमा सुधार देखिन थालेको भन्दै उद्योगी व्यवसायीलाई निराश नहुन आग्रह गर्नुभयो । आजदेखि सुरु हुन लागेको महोत्सवले यस क्षेत्रको धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटनको विकास गरी पर्यटन उद्योगलाई प्रवद्र्धधनमा सहयोग पुग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । साथै स्थानीय तहमा सञ्चालित घरबासलाई थप व्यवस्थित गर्न समेत यसले उत्प्रेरित गर्ने उहाँको भनाइ छ ।

“यस औद्योगिक तथा व्यापार मेलाले यस क्षेत्रको आर्थिक रुपान्तरणमा सकारात्मक योगदान पुग्नेमा कुनै शङ्का छैन । मेलाले स्थानीय कृषक, उद्यमी, व्यवसायी, कलाकारहरू सबैलाई एकै ठाउँमा जुटाई आफ्नो उत्पादन र सिर्जनाहरू व्यवस्थित तवरले प्रस्तुत गर्न, एक आपसमा ज्ञान तथा अनुभवको आदान प्रदान गर्न र सहकार्यका क्षेत्रहरू पहिल्याउन ठूलो सहयोग पुर्याउने कुरामा म विश्वस्त छु”, उहाँले भन्नुभयो ।

यस्तै सरकारले आम नागरिकलाई सुशासनको अनुभुति हुने र दैनिक राहत महसुस गर्ने गरी काम गरिरहेको बताउनुभयो । यस किसिमका औद्योगिक प्रदर्शनी तथा महोत्सवले साना तथा मझौला उद्योगको विकास गर्न सहयोग पुग्ने, यस क्षेत्रमा विभिन्न उद्यम व्यवसायका लागि लगानी विस्तार गर्न समेत प्रोत्साहन मिल्ने उहाँको भनाइ थियो ।

यस्तै सङ्घीय सरकारले बनाउने केही कानुन निर्माणमा ढिलाइ भएको भएपनि अब आउने हिउँदे अधिवेशनमा सरकारले आवश्यक सङ्घीय कानुन बनाउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । ढिलोमा अब एक महिनामा सुकुम्बासीले पाउने लालपुर्जा लिँदा लिने राजश्वमा समेत सरकार घटाउने र त्यसले भूमिहीन तथा सुकुम्बासीले ठूलो राहत पाउने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । उहाँले राजनीतिदलबीच आस्था र बिचार अलग–अलग भएर चुनावमा प्रतिस्पर्धा भएपनि विकास निर्माणका विषयमा सबै एक ठाउँ हुनुपर्नेमा जोड दिनुभयो । रासस