२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको सत्ता संकटमा परेपछि राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह् ४ बजेका लागि सर्वदलीय बैठक आयोजना गर्नुभएको छ । शीतल निवासमा मंगलबार सर्वदलीय बैठक बस्ने भएको हो । विकसित राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न उहाँले सो बैठकको आह्वान गर्नुभएको बताइएको छ । 

यद्यापि, सो बैठकमा के विषयमा छलफल हुदैछ भन्ने बारेमा भने राष्ट्रपतिको कार्यालयबाट केही जानकारी दिइएको छैन । 

सो सर्वदलीय बैठक आयोजना बैठकमा सहभागी हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरूलाई बोलाइएको छ ।

सर्वदलीय बैठकको एजेण्डा नखुलाइए पनि पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्न सो बैठकको आह्वान गरिएको उक्त बैठक बोलाइएको प्राप्त सूचनामा बताइएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो ।

पछिल्लो राजनीतिक घटनाक्रममा सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसला केन्द्रमा रहेको छ । सो फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा पुगेपछि सरकारको अहिलेको समीकरणमा पनि संकट देखा परेको छ । 

सर्वाेच्चको सो फैसलापछि सत्ता समीकरणमा हेरफेरको सम्भावना बढेको छ । अर्कातर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्दै आएको सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन नगर्ने निश्चितप्राय देखिएको छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने पनि हुन सक्छ । 

अर्कातर्फ सत्तारुढ दल एमालेमै दुई धार देखिएर समानान्तर कमिटीहरु नै बन्न थालेपछि प्रधानमन्त्री ओलीलाई स्वयं एमालेकै समर्थन नरहने अवस्था आएको छ । यसरी सत्ता समीकरणका लागि दलहरुबीच तीव्र छलफल भइरहेको समयमा राष्ट्रपतिले सर्वदलीय बैठक आयोजना गर्नुभएको छ।

यसलाई कतिपय राजनीतिक विश्लेषकहरुले ओलीको सत्ता संकटमा परेपछि राष्ट्रपतिले सर्वदलीय बैठकको आयोजना गर्नुभएको अर्थमा पनि लिएका छन् । यसअघि प्रधानमन्त्रीले गरेका कतिपय विवादास्पद कामहरुलाई पनि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारलाई सच्चिने सूचना तथा मौका समेत नदिइ सदर गर्ने गरेकाले राष्ट्रपति पनि विवादमा तानिनुभएको थियो ।   




भर्खरै