२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: कर्णाली प्रदेशले गण्डकीलाई ७ विकेटले हरायो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकीलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि गण्डकीले दिएको १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले ३३.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीको जितमा हिमान्शु शाहीले सर्वाधिक ५३ रनको योगदान दिए । यस्तै, कप्तान रविन्द्रजंग शाही २०, निश्चल रावल २९, विपिन शाही ६ र अर्जुन घर्तीले १० रन बनाए ।

गण्डकीका अकिंत न्यौपानेले २ र विपिन खत्रीले एक विकेट लिए ।

त्यसअघि भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले ४५ ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । गण्डकीको लागि कमल परियार र अमृत गुरुङले समान २१–२१ रन बनाए । आश्वानी राना १६ र विपिन खत्री १० रन बनाए ।

कर्णालीका अनुज चनारा, दीनेश अधिकारी र दीपेन्द्र रावतले २–२ विकेट लिए भने प्रकाश जैसी, दीवान पुन र रविन्द्र शाहीले १–१ विकेट लिए ।