१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डि ब्रुएना चम्किँदा सिटीले न्युक्यासललाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा सिटीले न्युक्यासललाई उसकै मैदानमा ३ २ गोलले पराजित गरेको हो ।

खेलको २६ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै न्युक्यासललाई १-१ गोलको बराबरीमा ल्याए ।

३७ औं मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै न्युक्यासललाई २-१ गोलले अघि बढाए । ११ अगस्टपछि खेलमा फर्किएका सिटीका मिडफिल्डर केभिन डि ब्रुएनाले ७४ औं मिनेटमा गोल गर्दै सिटीलाई २-२ गोलको बराबरीमा ल्याए । यता, इन्जुरी समयमा ९०+१ मिनेटमा ओस्कार बबले गोल गर्दै सिटीलाई ३-२ गोलले विजयी बनाए ।

बबको गोलमा डि ब्रुएनाको असिस्ट थियो । जितसँगै सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको २० खेलबाट ४३ अंक छ । लगातार चार खेलमा पराजित न्युक्यासल भने २१ खेलबाट २९ अंकसहित १० औं स्थानमा छ ।