२५ कार्तिक २०८१, आईतवार
,
Latest
प्रदेश अधिवेशनका लागि पाँच सय ७५ प्रतिनिधि निर्वाचित नेपाल प्रिमियर लिग रोक्न सर्वोच्चमा रिट निवेदन दर्ता बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त कालीगण्डकी करिडोर: म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन्ः राष्ट्रपति पौडेल सहकारी ठगबाट पैसा असुल गरी सहकारी पीडितको पैसा फिर्ता गर्छौंः खानेपानीमन्त्री यादव मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक पूर्वगृहमन्त्री लामिछानेलाई म्याद थपका लागि आज फेरि अदालत लगिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको सेतो पहरामा निजी गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु



अ+ अ-

काठमाडौं । थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटाका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार चार जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

शनिबार दिउँसो काठडमाडौंदेखि चित्लाङ जाँदै गरेको बा प्र–३–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भएर दुर्घटना भएको थियो । गाडी सडकबाट पाँच सय मिटर तल खसेको छ ।

गाडीमा सवारी ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएका छन् । दुर्घटनामा काठमाडौँ ३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, उनका ज्वाइँ काठमाडौँ – २ का डा. महेशकुमार गौतम, उनका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र चार वर्षीय प्रियन्सको मृत्यु भएको हो ।

घाइते स्मारिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चालक महेशकुमारकी पत्नी सृष्टि तिवारी गौतम भने बच्न सफल भएकी छन् ।