२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिले कूटनीतिक अडान कमजोर हुन सक्ने सांसद मिश्रको चेतावनी राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले टस हार्यो, स्कटल्याण्डले पहिले ब्याटिङ रोज्यो



अ+ अ-

काठमाडौँ । नेपालको यू-१९ क्रिकेट टिमले हाल दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यास गरिरहेको छ । नेपाली टोलिले आजदेखि औपचारिक ‘वार्म अप’ म्याच खेल्दैछ ।

वार्म अप प्रतिस्पर्धामा नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ । यसैबीच स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

नेपालले अर्को ‘वार्म अप’ माघ २ गते वेस्ट इन्डिजविरुद्ध खेल्नेछ । नेपालले यसअघि दक्षिण अफ्रिकामा दुई वटा अनौपचारिक अभ्यास खेल खेलिसकेको छ । दुई खेलमा नेपालले दुई जित निकालेको छ। स्कटल्याण्डमाथि एक सय ३५ रनको सहज जित निकालेको नेपाल नामिबियाविरुद्ध ६ रनले विजयी भएको थियो ।

नेपाल यू-१९ विश्वकपको समूह ‘डी’ मा छ । नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

नेपालले माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ। सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् भने समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् । समूहका शीर्ष दुई देश विश्वकपको सुपर आठमा पुग्नेछन्  ।

जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म चल्ने यू-१९ विश्वकप क्रिकेटमा सहभागी हुन जगत टमटा प्रशिक्षक र देव खनाल कप्तान रहेको नेपाली टिम एक साताअघि दक्षिण अफ्रिका पुगेको हो ।




भर्खरै