११ श्रावण २०८३, सोमबार
,
Latest
जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम भने होइनः सचिव सिग्देल नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ? सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग–नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्कोः अध्यक्ष अकिहिको राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएम कप क्रिकेट प्रतियोगिता आजदेखि, दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट च्याम्पियनसिप आज शनिबारबाट सुरु हुँदै छ । आजदेखि सुरु प्रधानमन्त्री कप क्रिकेट माघ २० गतेसम्म सञ्चालन हुनेछ ।

पहिलो दिन आज नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच टीयू मैदानमा पहिलो खेल हुनेछ । कोसी र मधेस प्रदेशबीच मुलपानी मैदानमा र लुम्बिनी र गण्डकी प्रदेशबीच सिद्धार्थ मैदानमा खेल हुनेछ ।

प्रतियोगिताको यस संस्करणमा तीन विभागीय र सात प्रदेशसहित दश टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लिग चरणका खेलहरू त्रिवि क्रिकेट मैदान, मुलपानी र सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा हुनेछ । एकदिवसीय संरचनामा सञ्चालन हुने प्रतियोगितामा दर्शकले निःशुल्क खेल हेर्न सक्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।