११ श्रावण २०८३, सोमबार
,
Latest
जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम भने होइनः सचिव सिग्देल नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ? सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग–नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्कोः अध्यक्ष अकिहिको राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा सन् २०१६ मा भएको सैन्य विमान दुर्घटनाको भग्नावशेष फेला



अ+ अ-

एजेन्सी । भारतले करिब आठ वर्षअघि समुद्रमा हराएको २९ जना सवार भारतीय वायुसेनाको यातायात विमानको भग्नावशेष प्राप्त हुने सम्भावना रहेको शुक्रबार बताएको छ ।

रुसमा निर्मित एन्टोनोभ एएन–३२ विमानले सन् २०१६ जुलाईमा भारतको दुर्गम अण्डमान र निकोबार द्वीप समूहका लागि नियमित कुरियर सेवाका क्रममा सेवाकर्मी र चालक दलका छ सदस्यलाई बोकेको थियो ।

दक्षिणी सहर चेन्नाई नजिकै वायु सेनाको आधारबाट उडान भरेको १५ मिनेटपछि उक्त विमानको हवाई ट्राफिक कन्ट्रोलसँग अन्तिम पटक सम्पर्क भएको थियो । विमान हराएपछि उक्त समय खोज र उद्धार प्रयासले विमान खोजी गर्न सकेको थिएन ।

बङ्गालको खाडीमा समुद्री तलको सर्वेक्षण गर्ने गहिरो समुद्री ड्रोनले चेन्नाईको दक्षिणमा एक सय ४० समुद्री माइल (तीन सय १० किलोमिटर) दक्षिणमा तीन हजार चार सय मिटर (११ हजार एक सय ५० फिट) गहिराइमा दुर्घटनाग्रस्त विमानको भग्नावशेष फेला पारेको रक्षा मन्त्रालयले बताएको छ ।

मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “तस्बिरहरू एएन–३२ विमानसँग मिल्दोजुल्दो भेटिएको छ, सम्भावित दुर्घटनास्थलमा गरिएको खोजमा भग्नावशेषले सम्भवतः दुर्घटनाग्रस्त आईएएफ एएन–३२ लाई औँल्याएको छ ।” उक्त क्षेत्रमा कुनै पनि अन्य विमान हराएको सूचना प्राप्त भएको छैन ।

एएन–३२ विमान बिना इन्धन चार घण्टासम्म उडान भर्न सक्षम छ र यो भारतीय वायुसेनाको वर्कहर्स यातायात विमान हो । यद्यपि रुस निर्मित उपकरणहरूमा अधिक निर्भर रहने भारतीय वायुसेना खराब सुरक्षा रेकर्डका कारण चिन्तित छ ।

हराएको विमानको राडार डेटाबाट तीव्ररूपमा उचाइ गुमाउनुअघि तीव्ररूपमा बायाँतिर मोडिरहेको थाहा भएको भारतीय वायुसेनाको एक स्रोतले सन् २०१६ मा एएफपीलाई बताएको थियो ।

भारतका रक्षा प्रमुख जनरल बिपिन रावतको सन् २०२१ मा १२ अन्य व्यक्तिसँगै मृत्यु भएको थियो । रुसमा निर्मित उहाँको एमआई–१७ हेलिकप्टर दक्षिणी राज्य तामिलनाडूमा दुर्घटनाग्रस्त भएको थियो । त्यसको अर्को वर्ष सोभियत कालको मिग–२१ लडाकू विमान राजस्थानमा प्रशिक्षण उडानका क्रममा दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको थियो ।

गत वर्ष राजधानी नयाँदिल्लीको दक्षिणमा अभ्यासका क्रममा रुसमा निर्मित सुखोई एसयु–३० र फ्रान्समा निर्मित मिराज २००० आकाशमा ठोक्किँदा एक पाइलटको मृत्यु भएको थियो ।

भारतमा एएन–३२ सँग सम्बन्धित सबैभन्दा भयानक दुर्घटनामध्येको एक सन् १९९९ मा नयाँदिल्ली विमानस्थल नजिकै भएको दुर्घटनालाई मानिन्छ । उक्त दुर्घटनामा विमानमा सवार २० जनाको मृत्यु भएको थियो र तीन नागरिक जमिनमा जलेर मरेका थिए ।

वायुसेनाले विस्तारै आफ्ना केही पुराना विमानबाट छुटकारा पाइरहेको छ । तीमध्ये केही विमान सन् १९६० दशकका छन् । भारतले आफ्ना पुराना सैन्य विमानहरूलाई नयाँ रूप दिन गरेको ढिलाइले राष्ट्रिय सुरक्षामा खतरा भएको विशेषज्ञहरूले चेतावनी दिएका छन् ।