४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाटभटेनीको ‘मेगा कार्निभल’मा भक्तपुरकी शारदा राजवाहकले जितिन् कार



अ+ अ-

काठमाडौँ । भाटभटेनी मेगा कार्निभलमा भक्तपुर मध्यपुर ठिमीकी शारदा राजवाहक टाटाको टिगोर कार जित्न सफल भएकी छन् ।

अक्टोबर १४ देखि डिसेम्बर ३१, २०२३ सम्म चलेको कार्निभलमा राजवाहक भाग्यशाली घोषित भएकी हुन् ।

शुक्रबार आयोजित समारोहमा विजेता घोषणा गरिएको हो । दुई हजार ५०० भन्दा बढीको सामान खरिद गर्नेहरूलाई यसमा सहभागी गराइएको थियो । कार्निभलमा १८ लाखभन्दा बढी सहभागी थिए । १८ लाख चिठ्ठामध्ये उनले कार जितेकी हुन् ।

कामपा वडा नम्बर ५ का अध्यक्षले ड्र टिपेका थिए । मिस नेपाल २०२३ श्रेच्छा प्रधान र मिस नेपाल इन्टरनेशनल प्रसिद्धी शाहले विजेताको घोषणा गरेका थिए ।