काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले गुटगत भेलामा सहभागी हुनेहरु लाई कारवाहीको चेतावनी दिनुभएको छ ।
मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै महासचिव पोखरेलले पार्टीले चैत ४ र ५ गते कुनै पनि भेला आयोजना नगरेको भन्दै एमालेको नाममा राष्ट्रिय भेला आयोजना गर्ने भनि सूचना प्रचारित गरिएको भन्दै त्यसमा आफ्नो ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
उहाँले अन्यथा मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा स्पष्ट पार्नु भएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अनधिकृत गुटगत भेला नगर्न–नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमाले सबै नेता-कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ ।’
माधब नेपाल तथा झलनाथ खनाल समुहले ४ र ५ गते ललितपुरको हेरिटेज गार्डेनमा बृहत राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेका छन् ।












