१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल

स्थानीय निर्वाचनलाई उत्सवका रूपमा लिँदै सक्रिय सहभागिता जनाउन उपराष्ट्रपतिको आग्रह

स्थानीय निर्वाचनलाई उत्सवका रूपमा लिँदै सक्रिय सहभागिता जनाउन उपराष्ट्रपतिको आग्रह
अ अ+ अ-

काठमाडौं ।उपराष्ट्रपति नन्दबहादुर पुनले प्रत्यक्ष मतदानद्वारा आफ्नो सरकार आफैँ बनाउने स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा लिन आग्रह गर्नुभएको छ। ‘रङहरुका पर्वका रूपमा मनाइने नेपालीको लोकप्रिय चाड यस वर्षको फागु पूर्णिमा (होली पर्व) का अवसरमा शुभकामना दिँदै उहाँले स्थानीय निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको हो ।उपराष्ट्रपतिले यस वर्षको होली पर्वले सामाजिक सद्भाव थप फैलाउने र राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाको दिन र तराई–मधेसमा भोलिपल्ट भव्यरूपमा मनाइने होली पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको कामना गर्नुभएको छ । उपराष्ट्रपतिले होली पर्व २०७८ ले स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । रासस