१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, अझै ५२ जना बेपत्ता



अ+ अ-

टोकियो । सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यामहरूले जनाएका छन् ।

बिहिबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावामा अझै ५२ जना बेपत्ता रहेको पुष्टि भएको छ । यसैगरि भूकम्पका कारण कम्तीमा ५६७ जना घाइते भएको सार्वजनिक प्रसारक एनएचके टेलीभिजनले जनाएको छ ।

मृत्यु हुनेमध्ये सुजु सहरमा ९८, वाजिमा ८३, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा चार, शिका र हाकुई सहरमा एक/एक जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

क्षेत्रीय सरकारले भूकम्प तथा अन्य आठ प्रकोपसँग सम्बन्धित मृत्युको समेत पुष्टि गरेको छ । भूकम्पको जोखिबाट बाचेका तर आर्थिक विपन्नताका कारण भूकम्पपछिको शारीरिक र मानसिक पिडा तथा चोटपटकले गर्दा मृत्युवरण गरेको सरकार क्षेत्रीय सरकारले जनाएको छ ।