५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चयकर्ताका दम्पतीले सामाजिक सुरक्षा सुविधा पाउने



अ+ अ-

काठमाडौँ: कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले एक सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पतीले समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

कोषले २०७६ सालदेखि सञ्चयकर्ताले अस्पतालमा भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा रु एक लाख र १२ घातक रोगको हकमा सेवा अवधिभरमा रु १० लाखसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।

आगामी फागुन १ गतेदेखि साविक सञ्चयकर्तालाई मात्र उपलब्ध गराइएको सो सुविधा सञ्चकर्ताका पति वा पत्नीलाई पनि प्रदान गरिने कोषले जनाएको छ । उक्त सुविधा सञ्चालका लागि अस्पतालको सूची तयार भइरहेको कोषले जनाएको छ । कोषले सूचीकृत अस्पतालमा मात्र सञ्चयकर्ता वा पति तथा पत्नीको उपचार गराइ कोषबाट सञ्चयकर्तालाई प्रदान गरिने सुविधा उपभोग गर्न अनुरोध गरेको छ ।

कोषले सञ्चयकर्तालाई वित्तीय सेवा र सामाजिक सुरक्षा सेवा उपलब्ध गराउँदै आएको छ । कोषले सञ्चयकर्तालाई विशेष, घर, शैक्षिक र घर मर्मत सापटी, जग्गा खरिदमा कर्जा तथा स्वास्थ्य उपचार सुविधा, काजकिरिया अनुदान, सुत्केरी एवं शिशु स्याहर र दुर्घटना क्षतिपूर्ति प्रदान गर्दै आइरहेको छ ।

विसं २०१९ मा स्थापना भएको कोषले सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिका निमित्त सञ्चय कोष व्यवस्थापनको काम गर्दै आएको छ । कोषले सञ्चयकर्तालाई सामाजिक सुरक्षाका सुविधा प्रदान गर्नुका साथै नयाँ सुविधा पनि थप गर्दै आइरहेको छ । कोषमा २७ हजार छ सय कार्यालयका पाँच लाख ८२ हजार योगदानकर्ता सूचीकृत छन् ।रासस

 




भर्खरै