• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

शरीरमा मुसा आएर चिन्तित हुनुहुन्छ ? यस्तो छ उपाय



काठमाडौं । हाम्रो छालामा जिवाणुको कारणले गर्दा स–सानो मासु पलाउने गर्दछ । जस्ले हाम्रो छालाको माथिल्लो तहमा असर गर्दछ । जस्ले गर्दा मासु छिटो बढ्ने हुन्छ । साधारणतया गाँठोगुठ्ठि धेरै खतरनाक हुदैंन । गाँठोगुठ्ठि प्रायजसो घाँटीमा आउने गर्दछ । यीनीहरु धेरै नै नराम्रो देखिन्छन् । गाँठोगुठ्ठि सानो मासु झुण्डिएको जस्तो देखिन्छन् । त्यसैगरी मासुको र यसको रङ्ग समान हुन्छ । यसैकारणले गर्दा मानिसहरु यसलाई हटाउन चाहन्छन् ।

गाँठोगुठ्ठिलाई कसरी हटाउन सकिन्छ ?

सबैभन्दा पहिला गाँठोगुठ्ठि हो वा स्किन ट्याग (छालाको घाउ) हो भन्ने छुट्याउनको लागि डाक्टरलाई जँचाउनुहोस् । स्किन ट्याग पनि घाँटिमा आउने गर्दछ र यो गाँठोगुठ्ठि जस्तै देखिन्छ । तर यीनीहरु दुबैको उपचार छुट्टाछुट्टै गरिन्छ । घाँटीमा आउने गाँठोगुठ्ठिलाई हटाउनको लागि प्रायजसो घरेलु उपचारका रुपमा लसुनको प्रयोग गरिन्छ । लसुनमा शक्तिशाली विषाणुनाशक ,जीवाणुनाशक गुण हुन्छ । जस्को कारणले गर्दा गाँठोगुठ्ठिको विषाणु संक्रमणबाट बच्न मद्धत पुग्दछ ।

विधि : केही लसुनलाई गाँठोगुठ्ठि भएको ठाउँमा थिचेर राख्नुहोस् । त्यसपछि यसलाई पट्टिले बाँध्नुहोस् । र यसलाई ३० मिनेटसम्म त्यसै छोड्नुहोस् । त्यसपछि पानीले पखाल्नुहोस् । यस विधिलाई प्रत्येक दिन २ पटक २ हप्तासम्म गर्नाले राम्रो परिणाम मिल्दछ । लसुनले गाँठोगुठ्ठिलाई खटिरामा परिणत गरी १ हप्तामै झार्दछ । सधैं नयाँ लसुनको प्रयोग स्वस्थ छालामा असर नपर्ने गरी गर्नुहोस् ।

ध्यान दिनुपर्ने कुराहरु : गाँठोगुठ्ठि शरीरमा एक ठाउँबाट अर्को ठाउँमा सर्दछ । तपाइँले यस समस्याको उपचार गर्दा गाँठोगुठ्ठिमा लगाईसकेपछि त्यस सामाग्रीलाई अरु भागमा प्रयोग नगर्नुहोस् । र अरुलाई पनि गर्न नदिनुहोस् । तपाइँलाई मधुमेह छ भने , खुट्टाको गाँठोगुठ्ठिको उपचार गर्ने प्रयास नगर्नुहोस् । आफ्नो अनुहार वा संवेदनशील अङ्ग जस्तै : प्रजनन अङ्ग , मुख वा नाकको प्वालमा भएको गाठोगुठ्ठिलाई घरेलु उपाय अपनाई हटाउने प्रयास नगर्नुहोस् । (एजेन्सीको सहयोगमा)