• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सन्दीपलाई दिइने सजायबारे बहस जारी



काठमाडौँ। नाबालिग बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई सजाय दिइनुपूर्व अहिले बहस भइरहेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा भइरहेको बहस सकिएपछि न्यायाधीश ढकालले लामिछानेलाई हुने सजाय तोक्नुहुनेछ । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

जाहेरवाला पक्षले अधिकतम र सन्दीपका वकिलले न्युनतम सजाय माग गर्दै बहस गरिरहेका छन्।