८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

ट्रंक र डेडिकेटेड लाइनको वक्यौताका लागि काटेको छुट बिलको महशुल उठाएरै छोड्छौंः कुलमान घिसिङ

ट्रंक र डेडिकेटेड लाइनको वक्यौताका लागि काटेको छुट बिलको महशुल उठाएरै छोड्छौंः कुलमान घिसिङ
अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले काटेको छुट बिलको महशुल उठाएरै छोड्ने अडान लिनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको मंगलवार बसेको बैठकमा बोल्दै प्राधिकरणका निर्देशक घिसिङले यस्तो अडान राख्नुभएको हो । उहाँले टीओडी हेरेरै कति समय विद्युत उपयोग गरेको थाहा नहुने बताउनु भयो । उहाँले उद्योगीहरु विद्युत महशुलको विषयलाई लिएर अदालत पुगे पनि करिव ४५ वटा मुद्दा विद्युत प्राधिकरणको पक्षमा फैसला आएको बताउनु भयो । उहाँले अदालतले ट्रंक र डेडिकेटेड लाइनको विद्युत महशुल स्पष्ट रुपमा लागू गर्न सकिने भनेर बोलेको दाबी गर्नुभयो ।

उहाँले उद्योगीहरु विद्युत महशुल नियमन गर्ने निकायमा नगएर सिधै अदालत गएको अवस्थाले स्पष्ट बनाएको बताउनु भयो । उहाँले ट्रंक र डेडिकेटेड लाइनको विद्युत महशुल विलकोे विषयमा अदालत स्पष्ट बोलेको भन्दै विद्युत महशुल उठाउने विषयमा प्राधिकरण पछाडि नहट्ने बताउनु भयो । उहाँले ट्रंक र डेडिकेटेड लाइनको विद्युत प्रयोग गरेको देखिएको हुनाले महशुल लगाएको बताउनु भयो । निर्देशक घिसिङले प्राधिकरणले विद्युत युनिट जेनेरेट गर्न नसक्ने भन्दै प्राधिकरणको एमपावर भन्ने सफ्टवेयरमा हरेक युनिट रेकर्डमा रहेको बताउनु भयो । उहाँले हरेक महिनाको विद्युत प्रयोग भएको युनिट रकर्ड प्राधिकरणसँग रहेको बताउनु भयो ।

उहाँले युनिटमा डेडिकेटेडको सरचार्ज जोडेर प्राधिकरणले बिल जारी गरेको बताउनु भयो । उहाँले टिओडी तथ्याङ्क २० घण्टा भन्दा बढी प्रयोग भएको छ की छैन भनेर हेर्न आवश्यक हुने बताउनु भयो । उहाँले धेरै मिटरहरुको टीओडीको डाटा पनि प्राधिकरणले डाउनलोड गरेर राखेको तर कतिपयको मिसप्लेस भएको हुनसक्ने बताउनु भयो । उहाँले सबस्टेसनमा हुने लगसिटबाट प्रमाणित गराएर पनि महशुल लिइने बताउनु भयो ।

उहाँले कोभिड–१९ महामारी तथा आर्थिक मन्दीका कारण उद्योगी व्यवसायीकै आग्रहमा महसुल उठाउने कार्य रोकिए पनि अब नरोकिने बताउनु भयो । उहाँले संसद्को लेखा समितिको बैठकले १ महिनाभित्र प्राधिकरणले बिल जारी गर्ने र ६० दिनभित्र असुलउपर नभएमा लाइन काटेर अघि बढ्न स्पष्ट निर्देशन दिएको उल्लेख गर्नुभयो । उहाँले प्राधिकरणले पटक–पटक समय दिएर बिल भुक्तानीका लागि आउन भनेर जानकारी गराए पनि उद्योगीहरु भुक्तानीका लागि नआएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ प्राय सबै उद्योगीहरु विद्युत महशुलको विषयलाई लिएर अदालत पुग्नुभएको छ । करिव ४५ वटा मुद्दामा अदालतले विद्युत प्राधिकरणको पक्षमा फैसला गरेको छ । प्राधिकरणले जितेको छ । ६ वटा स्टेअर्डर अझै छ । ६ वटा उद्योगको स्टेअर्डरअनुसार लाइन काटेका छैनौं । २४ वटा उद्योगको लाइन काटेको अवस्था छ । १६ दिन नै भएको छ ठूला उद्योगहरुको लाइन काटेको छ । अदालतले ट्रंक र डेडिकेटेड लाइनको विद्युत महशुल स्पष्ट रुपमा लागू गर्न सकिन्छ भनेर बोलेको छ ।

नियमन गर्ने निकायमा नगएर सिधै अदालत गएको अवस्थाले स्पष्ट बनाएको छ । उद्योगीहरुले सञ्चालक समितिबाट स्वीकृत लिएका थिएनौं । कसरी ट्रंक र डेडिकेटेड लाइनको विद्युत महशुल बिल आयो । अर्को धेरै समयपछि छुट बिल आयो । त्यो छुट बिल लगाउन कसरी लगाउन पायो भनेका थिए । यो विषयमा अदालतले स्पष्ट बोलेको छ । प्राधिकरणको विधानअनुसार छुट बिल जहिले पनि जारी गर्न सकिन्छ । ट्रंक र डेडिकेटेड लाइनको विद्युत प्रयोग गरेको देखिएको हुनाले महशुल लगाउन पाइन्छ । उद्योगीहरुले टिओडी मिटरको मुद्दा निकाल्नुभएको छ ।

प्राधिकरणले गरेको छुट बिल मात्रै हो । त्यो बिल तिरिरहनुभएको छ । १००० युनिटको बिल ग¥यो भने सामान्य विद्युत महशुल रेट थियो । नरमल महशुल तिर्नुभएको छ । प्राधिकरणले छुट बिल गरेको भनेको ट्रंक र डेडिकेटेड लाइनको विद्युत महशुल १३ रुपैयाँ बाँकी रकम जोडेर छुट बिल जारी गरेका हो । युनिट हामीसँग छ । हामीले युनिट जेनेरेट गर्न सक्दैनौं । प्राधिकरणको एमपावर भन्ने सफ्टवेयरमा हरेक युनिट रेकडेर्ट छ । हरेक महिनाको रकर्ड प्राधिकरणसँग छ । उद्योगहरुले प्रयोग गरेको युनिट कसैले घटबढ गर्न सक्दैन । युनिटमा डेडिकेटेडको सरचार्ज जोडेर गरेको बिल मात्रै हो । टिओडी तथ्याङ्क २० घण्टा भन्दा बढी प्रयोग भएको छ की छैन भनेर हेर्न आवश्यक हुनसक्छ ।

युनिट प्राधिकरणसँग नै छ । त्यो भेरिभाइ गर्नलाई टीओडी हुनसक्छ । धेरै मिटरहरुको टीओडीको डाटा पनि हामीले डाउनलोड गरेर राखेका छौं । कतिपयको मिसप्लेस भएको हुनसक्छ । तर हेरक सबस्टेसनमा हुने लगसिट हुन्छ । त्यो लगसिट त्यहाँको कर्मचारीले प्रमाणित गर्ने हो । विद्युतको लागि टिओडी तथ्याङक चाहिँदैन । विभिन्न प्रयोजनका लागि टीओडी डाउनलोड गर्नुपर्छ, यसको एनालाइसिस गर्नुपर्छ तर टीओडी मिटरको एकमात्रै उद्देश्य कुन समयमा कति विद्युत उपभोग भयो त्यो हेर्ने र त्यसअनुसार बिलिङ गर्ने हो । उद्योगहरुलाई पिक समय र अफपिक समयमा फरक फरक महशुल लगाइने भएकाले कुन समयमा कति युनिट विद्युत खपत भयो, त्यो थाहा पाउन टीओडी मिटर प्राधिकरणले नै राखिदिने गरेको छ ।

अदालत, प्राधिकरणको चारवटा बोर्डले निर्णय गरेर विद्युत महशुल विल गएको हो । प्राधिकरणको निर्देशक वा शाखाबाट गएको होइन । सबै अध्ययन गरेर प्राधिकरणले छुटबिल जारी गरेको अवस्था हो । प्राधिकरणले किन ढिलो छुटबिल जारी गरेको भनेर प्रश्न समेत उठेकाले प्राधिकरण चालेको कदम त्यो प्राधिकरण जिम्मेवार भएर चालेको छ । कोभिड र अन्य समयमा सरकारले दिएको निर्देशनको कारण महशुल असुल गर्न रोकिए पनि अब रोकिँदैन । सबै तिरबाट निर्देशन आएकाले विद्युत महशुल प्राधिकरणले उठाउनुको विकल्प रहँदैन । विद्युत नियमनको निर्देशन बाहेक अन्यर्था प्राधिकरणले महशुल उठाउँछौं ।’

निर्देशक घिसिङले प्राधिकरणले उद्योगीहरुले प्रयोग गरेको तथ्याङ्कको आधारमा बिल काट्दा पुनवरावलोकन समितिमा आउनुपर्नेमा बाहिर बाहिर हल्ला गरेर हिँडेको बताउनु भयो । उहाँले टिओडी डाटा सबै प्राविधिक विषय भएको भन्दै उद्योगीहरु पुनवरावलोकन समितिमा आउनुपर्ने बताउनु भयो । उहाँले उद्योगीहरुले बाहिर बाहिर प्रमाण माग्दैमा आफूले दिन नसक्ने बताउनु भयो ।

उहाँले उद्योगीहरु नियम विधि प्रक्रिया भन्दा बाहिर गएर मागेको प्रमाण दिन नसक्ने बताउनु भयो ।