६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुलशनको शतकमा नेपालले स्कटल्याण्डलाई हरायो



अ+ अ-

काठमाडौँ । यु-१९ क्रिकेट अभ्यास खेलमा नेपालले स्कटल्याण्डलाई १ सय ३५ रनले हराएको छ ।

जितको लागि नेपालले दिएको २ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको स्कटल्याण्ड ४३।२ ओभरमा अल आउट हुँदै १ सय ४९ रन बनायो । स्कटल्याण्डका उजैर अहमदले २८ रन बनाए ।

बलिङतर्फ नेपालका तिलकराज भण्डारी ३ र आकाश चन्दले २ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय ८४ रनमा अल आउट भएको थियो । नेपालको जितमा अलराउण्डर गुलशन झाले शतक बनाए । गुलशनले १ सय १५ बलमा १ सय १४ रन बनाए। यस्तै, दिपक बोहरा ५८ रनमा अविजित रहे ।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने यु-१९ विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

विश्वकप अघि नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग वार्मअप खेल्नेछ ।