• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

गुलशनको शतकमा नेपालले स्कटल्याण्डलाई हरायो



काठमाडौँ । यु-१९ क्रिकेट अभ्यास खेलमा नेपालले स्कटल्याण्डलाई १ सय ३५ रनले हराएको छ ।

जितको लागि नेपालले दिएको २ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको स्कटल्याण्ड ४३।२ ओभरमा अल आउट हुँदै १ सय ४९ रन बनायो । स्कटल्याण्डका उजैर अहमदले २८ रन बनाए ।

बलिङतर्फ नेपालका तिलकराज भण्डारी ३ र आकाश चन्दले २ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय ८४ रनमा अल आउट भएको थियो । नेपालको जितमा अलराउण्डर गुलशन झाले शतक बनाए । गुलशनले १ सय १५ बलमा १ सय १४ रन बनाए। यस्तै, दिपक बोहरा ५८ रनमा अविजित रहे ।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने यु-१९ विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

विश्वकप अघि नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग वार्मअप खेल्नेछ ।