१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलिसलाई हराउँदै एपिएफ क्लब सेमिफाइनलमा



अ+ अ-

सुर्खेत । विभागीय डर्वीमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लब सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

साविक विजेता समेत रहेको एपिएफले लगातार तीन जित निकाल्दै समूह ‘ए’ मा एक खेल बाँकी छँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

अब एपिएफले मंगलबार बागमती प्रदेशलाई पराजित गरेमा समूह विजेता बन्नेछ । पुलिसले पनि मंगलबार कोशी प्रदेशलाई पराजित गरे समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुग्नेछ ।

वीरेन्द्रनगरको खुल्लामञ्च कोर्टमा सोमबार भएको खेलमा एपिएफले पुलिसलाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेटमा एपिएफले २५–१७ को सहज जित निकालेको थियो ।

दोस्रो सेटमा एपिएफले २५–१५ ले खेल आफ्नो पक्षमा पार्यो । तर, तेस्रो सेटमा भने पुलिस २५–२२ ले अगाडि रह्यो । अन्तिम सेटमा एपिएफले २५–२० को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो ।