२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ औं पञ्चवर्षीय योजनामा सांसदहरुले दिएका सुझाव समेट्न अर्थ समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । सांसदहरुले दिएका सुझाव आगामी १६ औं पञ्चवर्षीय योजनामा समेट्न अर्थ समितिले राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकपश्चात समिति सभापति सन्तोष चालिसेले योजना आयोगलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले राष्ट्रिय योजना आयोगले बनाउने हरेक योजना स्रोत सुनिश्चिताका आधारमा बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले स्रोत सुनिश्चिता भएमात्रै योजना बनाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले मुलुक खाद्यान्नमा आत्मनिर्भर बनाउने भनि रहँदा ५ अर्बको चामल खरिद भइरहेको बताउनु भयो । उहाँले मुलुक खाद्यान्नमा आत्मनिर्भर बनाउनको लागि उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै यस्तो विषयलाई १६ औं योजनामा समावेश गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘राष्ट्रिय योजना आयोगले सांसदहरुले दिएका सुझावलाई आगामी १६ औं पञ्चवर्षीय योजनामा समेट्नको लागि निर्देशन गदर्छु । आयोजले योजना बनाउँदा पैसाको कुरा आउँछ । पैसा भएमात्रै योजना बनाउने हो पैसा नभए के योजना बनाउने हो । आज ५ अर्बको चामल किनेर खाइरहँदा मुलुक खाद्यन्नमा आत्मनिर्भर नभएसम्म मुलुकमा भइरहेका उत्पादनलाई प्रोत्साहन दिएर निर्यात नबढाएसम्म आर्थिक विकास हुने भएकाले यस्तो विषयलाई १६ औं योजनामा समावेश गर्न आवश्यक छ । असाध्यै राम्रा कुराहरुमा सांसदहरुबाट सझावहरु आएका छन् । ती सुझावलाई समावेश गरेर आगामी योजना तर्जुमा होस् । यसमा हामी सबै जिम्मेवार छौं ।’

उहाँले समितिमा सांसदहरुले दिएका सुझावलाई समावेश गरेर आगामी १६ औं योजना तर्जुमा गर्न निर्देशन दिनुभयो ।