१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा: जनमोर्चाकी दुर्गा पौडेललाई राष्ट्रपतिले मनोनीत गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्षलाई राष्ट्रपतिले मनोनित गर्ने सिटमा राष्ट्रियसभा सदस्य बनाइने सहमति सत्तारुढ गठबन्धनबीच भएको छ ।

आइतबार बिहान बसेको बैठकमा कांग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने प्रस्ताव भए पनि एकीकृत समाजवादीले तीन सिट मागेकाले सहमति हुन सकेको छैन ।

कूल २० सिटमध्ये राष्ट्रपतिले मनोनित गर्ने सिटमा भने जनमोर्चाकी दुर्गा पौडेललाई बनाइने बैठकमा सहमति भएको हो । राष्ट्रपतिबाट मनोनीत एकसहित राष्ट्रियसभा २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ । १९ सिटका लागि २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा निर्वाचन मिति तोकिएको छ ।

नेकपा मसालका महासचिव मोहनविक्रम सिंहकी पत्नी पौडेल प्रतिनिधि सभा निर्वाचनमा प्युठानबाट नेकपा एमालेका उम्मेदवार सूर्य थापासँग पराजित भएकी हुनुभएको थियो ।