• १४ मंसिर २०८०, बिहीबार
  •      Thu Nov 30 2023
  •   Unicode
Logo
Latest
★   नेपाल एयरलाइन्सले यात्रुसँग क्षमा माग्यो ★   स्टार फुटबलर नेयमारसँग अलग भएको प्रेमिका बियानकार्डीको घोषणा ★   प्रधानमन्त्रीबाट अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण ★   केपी ओली कप: फाईनलमा पुग्न एपिएफलाई मधेशले दियो १ सय ९८ रनको विशाल लक्ष्य ★   राष्ट्रियसभाका अध्यक्ष र अष्ट्रेलियाली समकक्षीबीच भेटवार्ता ★   प्रचण्ड नातिनी प्रतिभाको अर्थशास्त्री रेग्मीसँग ईंगेजमेन्ट ★   विपिन जोशीको बिना शर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गर्ने संसदीय समितिको निर्णय ★   टी–२० सिरीजको तेस्रो खेलमा अष्ट्रेलियासँग हारेको भारतले टिममा गर्नसक्छ यी परिवर्तन ★   अब आफ्नै घरबाट पनि न्याय पाउन सकिन्छ: प्रधानन्यायाधीश श्रेष्ठ ★   त्रिपालमुनिका भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ: उपप्रधानमन्त्री श्रेष्ठ

‘गठबन्धन अहिले टुट्ने हो कि भरे टुट्ने जस्तो भइराखेको छ’- सिपी गजुरेल (भिडियो सहित)



काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) नेता सिपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताउनु भएको छ । 

नेता गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताउनु भएको हो । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अंग असफल भईसकेको दावी समेत गर्नु भयो ।

नेता गजुरेलले मुलुकको अर्थतन्त्र समेत ‘कोल्याप्स’ हुने अवस्था पुगेको उल्लेख गर्दै यो संकटबाट मुलुकलाई निकास दिन कम्युनिष्ट क्रान्तिकारीहरु सहकार्यका साथ अघि बढनुको विकल्प नरहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘अहिले एमसीसीको सकंट हेर्नुस् त । गठबन्धन अहिले टुट्ने हो कि भरे टुट्ने जस्तो भईराखेको छ । कार्यपालिकामा संकट छ । व्यवस्थापिकाका संकट छ । उनीहरु नै भन्छन । हामीले मात्रै भनेको होइन । प्रतिक्रियावादीहरुको एउटा हिंस्साले के भन्छ भने संकटैसंकट छ । न्यायपालिकाको हालत हेर्नुस् त । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको हालत कस्तो छ ? न्यायपालिका पनि असफल भएको छ । कार्यपालिका पनि असफल भएको छ । व्यवस्थापिका असफल भएको छ । अर्थतन्त्र कोल्याप्स नै हुने भयो अव । आर्थिक सूचकांक सबै नकारात्मक छन ।’

नेता गजुरेलले दक्षिणपन्थी अवसरवादमा पतन भएकाले प्रचण्ड र विप्लवहरुसँग आफ्नो पार्टीले एकता गर्ने कुनै सम्भावना नरहेको बताउनु भयो ।