५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनआन्दोलन बाट ब्यबस्था परिबर्तन गर्छौ,हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना हुन्छ: कमल थापा



अ+ अ-

सुर्खेत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकको ब्यबस्था र अबस्था परिबर्तन गर्न आबश्यक भएको बताएका छन् ।

अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै थापाले हिन्दु राष्ट्र र संबैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्ने समेत दाबी गरे । अहिलेको ब्यबस्था र प्रणाली भ्रष्टतन्त्रमा परिणत भएको मनपरीतन्त्र र कुशासन हाबी भएको भन्दै थापाले आन्दोलनको बाताबरण निर्माण गर्न कार्यकर्तालाई आग्रह गरे ।

पार्टीको कर्णाली क्षेत्र स्तरिय प्रशिक्षणको सुर्खेतको बिरेन्द्रनगरमा उद्घाटन गर्दै थापाले सबै राष्ट्रबादी, देशभक्त र प्रजातन्त्रबादी शक्तिहरुबिच एकता र मोर्चा निर्माण गरि आन्दोलनको आधिबेहरी सिर्जना गर्नुपर्नेमा जोड दिए । राप्रपा सत्ता केन्द्रित भएर अघि बढ्न खोज्नु दुर्भाग्यपूर्ण भन्दै द्वैध नीति त्यागी आन्दोलनको बाटोबाट मात्र अघि बढ्न समेत सुझाब दिए ।

आन्दोलनको बिकल्प नभएको भन्दै थापाले बृहत मोर्चा निर्माण गरि आन्दोलनमा जान आफुले भुमिका खेलिरहेको समेत बताए । कार्यक्रममा उपाध्यक्ष गोबिन्द बिक्रम शाह, ईश्वर श्रेष्ठ ,धनबहादुर थापा , सुर्य शाही, जीवन चन्द लगायतले बोलेका थिए ।