• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र ★   रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै ★   चुरे विनास भएकोका चिन्ता, संरक्षणको माग ★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक

जनआन्दोलन बाट ब्यबस्था परिबर्तन गर्छौ,हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना हुन्छ: कमल थापा



सुर्खेत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकको ब्यबस्था र अबस्था परिबर्तन गर्न आबश्यक भएको बताएका छन् ।

अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै थापाले हिन्दु राष्ट्र र संबैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्ने समेत दाबी गरे । अहिलेको ब्यबस्था र प्रणाली भ्रष्टतन्त्रमा परिणत भएको मनपरीतन्त्र र कुशासन हाबी भएको भन्दै थापाले आन्दोलनको बाताबरण निर्माण गर्न कार्यकर्तालाई आग्रह गरे ।

पार्टीको कर्णाली क्षेत्र स्तरिय प्रशिक्षणको सुर्खेतको बिरेन्द्रनगरमा उद्घाटन गर्दै थापाले सबै राष्ट्रबादी, देशभक्त र प्रजातन्त्रबादी शक्तिहरुबिच एकता र मोर्चा निर्माण गरि आन्दोलनको आधिबेहरी सिर्जना गर्नुपर्नेमा जोड दिए । राप्रपा सत्ता केन्द्रित भएर अघि बढ्न खोज्नु दुर्भाग्यपूर्ण भन्दै द्वैध नीति त्यागी आन्दोलनको बाटोबाट मात्र अघि बढ्न समेत सुझाब दिए ।

आन्दोलनको बिकल्प नभएको भन्दै थापाले बृहत मोर्चा निर्माण गरि आन्दोलनमा जान आफुले भुमिका खेलिरहेको समेत बताए । कार्यक्रममा उपाध्यक्ष गोबिन्द बिक्रम शाह, ईश्वर श्रेष्ठ ,धनबहादुर थापा , सुर्य शाही, जीवन चन्द लगायतले बोलेका थिए ।