५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै काउली नौ किलोको



अ+ अ-

गोरखा । गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ । अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन मेला–२०८०’ को प्रदर्शनीमा राखिएको छ ।

“काउली जोख्दा पूरै ११ किलोको थियो, कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख नीलकण्ठ पोखरेलले भन्नुभयोे, “डाँठ र पात गरी दुई केजी घटाउँदा थुङ्गा मात्र नौ किलोभन्दा बढीको रहेको छ ।” नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो काउली भएको प्रमुख पोखरेलको दाबी छ । यसअघि बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा आठ किलो आठ सय ८० ग्रामको काउली उत्पादन भएको पाइएको थियो ।

करिब एक रोपनी क्षेत्रफलमा काउलीको व्यावसायिक खेती गर्दै आएका किसान बस्नेतको बारीमा अनुमानित आठ किलोग्रामभन्दा बढीका काउली फलेका छन् । बारीमा उत्पादित काउली ठूलो भएकाले बजारमा बिक्री गर्न कठिनाइ हुने गरेको उहाँको भनाइ छ ।

“बारीमा आठ किलोभन्दा ठूलो काउली धेरै नै फलेका छन् । बारीको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा ११ केजीको भएको पाइयो”, बस्नेतले भन्नुभयो, “लामो समयको मेहनत र परिश्रमका कारण राम्रो उत्पादन भएकामा खुसी लागेको छ ।” काउलीको डाँठ र पात कटाएर नौ किलो भनिएको भए पनि अझै बढी तौल रहेको उहाँको भनाइ छ ।

कृषि क्षेत्रमा निरन्तर मेहनत गर्दै आउनुभएकी किसान बस्नेतले मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने क्रममा यसपटक एउटै काउली नौ केजीभन्दा बढीको उत्पादन भएको जानकारी दिनुभयो । कृषि ज्ञानकेन्द्र गोरखाले किसान बस्नेतको परिवारलाई बारीमा ठूलाठूला काउली फलेकाले ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन मेला–२०८०’ को प्रदर्शनीमा लैजान सुझाव दिएकाले आफूहरुले बारीमा उत्पादित सबैभन्दा ठूलो काउली प्रदर्शनीमा पुर्‍याएको एककुमारीका श्रीमान् प्रह्लाद बस्नेतले बताउनुभयो ।

“भक्तपुरे जातको काउलीलाई यो वर्ष हामी आफँैले क्रस गरेर बीउ उत्पादन गरी लगाएका हौँ”, उहाँले भन्नुभयो, “भदौमा रोपेको काउली अहिले टिपेर पूरै जोख्दा ११ केजी रहेको पाइयो । मेलामा ज्ञान केन्द्रले प्रदर्शनमा राखेको उक्त काउली हेर्नेका हाल भीड नै लागेको छ । रासस