२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलासँग शङ्कास्पदरूपमा वडाध्यक्ष भेटिएपछि…



अ+ अ-

बैतडी । दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवै कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उहाँले नै प्रहरीलाई खबर गर्नुभएको थियो ।

शङ्कास्पद भेटिएका दुवै जनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदैछ”, उहाँले भन्नुभयो, “जिल्ला ल्याइँदैछ थप बुझ्छौँ, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्नेछ ।”




भर्खरै