काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले प्रधानमन्त्रीको सल्लाहमा नै आफूले राजीनामा दिएको बताउनु भएको छ ।
राजीनामा बारे जानकारी दिन महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गर्दै खरेलले प्रधानमन्त्रीसँग असहमति भएर वा विमति भएर होइन सल्लाहमा राजीनामा दिएको जानकारी दिनुभयो ।
खरेलले आजैका मितिबाट लागू हुने गरी राष्ट्रपति समक्ष राजीनामा पेश गरेको जानकारी दिनुभयो ।











