६ श्रावण २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय परिषद् सदस्य श्रेष्ठलाई बारको पत्र



अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनले न्यायाधीशको रोलक्रम सम्बन्धमा जारी भएको न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन)का विषयमा परिषद्का सदस्य रामप्रसाद श्रेष्ठलाई छलफल लागि बोलाएको छ ।

बारमा महासचिव अन्जिता खनालले आज परिषद्का सदस्य श्रेष्ठलाई बिहीबार छलफलका लागि उपस्थित हुन आज पत्र पठाउनुभएको छ । न्यायाधीशहरुको ज्येष्ठता र वरियताक्रम नै फेरबदल हुने गरी न्याय परिषद् नियमावली संशोधन गरिएको विषयमा स्पष्ट हुनका लागि छलफलका लागि बोलाइएको महासचिव खनालले जानकारी दिनुभयो ।

“न्याय परिषद् नियमावली संशोधनप्रति नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भई प्रधानन्यायाधीश एवं सदस्यलाई पटकपटक ध्यानाकर्षण गराइएको छ”, पत्रमा भनिएको छ, “न्याय परिषद्को समग्र काम, कारबाहीका विषयमा समेत यहाँ र बारको कार्यसमिति बीचमा छलफल गर्नुपर्ने भएकाले उपस्थितिका लागि अनुरोध गर्दछौँ ।”

अघिल्लै मितिमा नियुक्त भएका बहालवाला न्यायाधीशको ज्येष्ठताक्रम स्वतः पछि हुने गरी भएको संशोधन गरेकोप्रति कानुन व्यवसायीको छाता सङ्गठन बारले विरोध गर्दै आएको थियो । बारले उक्त विषयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष ज्ञापनपत्र समेत बुझाएको थियो । रासस