काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकलाई माधव नेपाल र झलनाथ खनाल समुह सहभागी नभएपनि उपाध्यक्ष बामदेब गौतम सहभागी हुनु भएको छ ।
नेपाल खनाल पक्षले भने फाल्गुन २८ गते निर्णय खारेज नगरेसम्म बैठकमा उपस्थित नहुने जनाउदै आएको छ ।
आजै संसदीयदलको बैठक लगत्तै नेकपा एमाले केन्द्रीय समितिको बैठक पनि बस्दैछ ।











