८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

बजार मागमा अपेक्षित सुधार हुन सकेनः सिएनआइ

बजार मागमा अपेक्षित सुधार हुन सकेनः सिएनआइ
अ+ अ-

काठमाडौँ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग परिसङ्घ (सिएनआइ)को एक अध्ययनले बजार मागमा सुधार हुन नसकेको देखाएको छ । पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुँदै गएको र बजार चलायमान हुन थालेको सरकारले बताइरहेका बेला सिएनआइ यो अध्ययन सार्वजनिक भएको छ ।

उपभोक्ता बजार मागमा देखिएको सङ्कुचनमा अपेक्षित सुधार हुने नसकेको परिसङ्घको अध्ययनले देखाएको हो । परिसङ्घले उद्योग व्यवसायस्तरमा गरेको सर्वेक्षणअनुसार समग्र बजार माग खस्किएको, कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको र उद्योगको कच्चा पदार्थको आयातमा गिरावट आएको देखिएको हो । विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरी यो प्रतिवेदन तयार पारिएको परिसंघले जनाएको छ । आज यहाँ एक औपचाकि कार्यक्रमकाबीच अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गत वर्षदेखि नै उद्योगी–व्यवसायीको मनोबल कमजोर बनिरहेकोमा यसवर्ष पनि यथावत रहेको बताउनुभयो ।

सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८ दशमलव २८ प्रतिशतले ह्रास आएको थियो । यो चालु आवको सोही अवधिमा थप १२ दशमलव ०६ प्रतिशतले घटेको देखिएको छ । गतवर्षको तुलनामा चालु आर्थिक वर्षमा उद्योगहरूको समग्र मागमा ३६ दशमलव ९३ प्रतिशतले सङ्कुचन आएको अध्ययनबाट देखिएको छ । उद्योगको कारोबार रकम गत आवको पहिलो त्रैमासमा २४ दशमलव ९४ प्रतिशतले घटेकोमा चालु आवको समान अवधिमा सात दशमलव ४६ प्रतिशतले घटेको देखिन्छ । अघिल्लो आवको तुलनामा यो ३० दशमलव ५४ प्रतिशतको सङ्कुचन हो ।

सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९ दशमलव ४४ प्रतिशत उद्योगी–व्यवसायीले आफ्नो लगानीका योजना स्थगित गरेको जनाएका थिए भने चालु आवको पहिलो त्रैमासमा ५५ दशमलव ३२ प्रतिशत उद्योगी व्यवसायीले आफ्ना लगानीका योजना स्थगित गरेको जनाएका छन् । यसबाट सरकारले दाबी गरे अनुसार अर्थतन्त्रको अवस्थामा सुधार नआएको परिसङ्घको बुझाइ छ ।

परिसङ्घको अध्ययनअनुसार सिमेन्ट उत्पादक उद्योगको समग्र मागमा अघिल्लो वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा सात दशमलव ३६ प्रतिशतको सङ्कुचन आएको छ । पछिल्लो तीन वर्षमा सिमेन्टको समग्र मागमा ४४ दशमलव ५७ प्रतिशतले गिरावट आएको अध्ययनबाट देखिन्छ ।

सर्वेक्षणअनुसार निर्माण व्यवसाय क्षेत्रमा गत वर्षको तुलनामा यसवर्ष १६ दशमलव २० प्रतिशतको गिरावट देखिएको छ । आव २०७८÷७९ को तुलनामा चालु आव २०८०÷८१ मा यस क्षेत्रको समग्र मागमा कूल ५२ दशमलव ५९ प्रतिशतले सङ्कुचन आएको पाइएको छ । निर्माण व्यवसाय क्षेत्रका उद्योगको कारोबार रकम अघिल्लो वर्ष ४३ दशमलव ७१ प्रतिशतले घटेकोमा चालु आवको सोही अवधिमा थप २० दशमलव ८० प्रतिशतले घटेको परिसङ्घले जनाएको छ ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा साना तथा मझौला क्षेत्रको माग दुई दशमलव ५० प्रतिशतले बढेकोमा यस वर्षको सोही अवधिमा १७ दशमलव ७० ले गिरावट आएको देखिएको छ । यस क्षेत्रको समग्र मागमा अघिल्लो वर्षको तुलनामा १५ दशमलव ६४ ले सङ्कुचन आएको अध्ययनबाट देखिएको छ । यस क्षेत्रको कारोबार रकममा अघिल्लो वर्ष १२ दशमलव २५ प्रतिशतले बढेकोमा चालु आवको सोही अवधिमा १८ दशमलव ५० प्रतिशतले घटेको छ ।