१२ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष राउतसहितका कार्यकर्ता केही समय नियन्त्रणपछि रिहा



file photo
अ+ अ-

काठमाडौँ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले नियन्त्रणमा लिएका जनमत पार्टीका अध्यक्ष सिके राउत र सो पार्टीका नेता एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीसहितका कार्यकर्ता केही समयको हिरासतपछि रिहा भएका छन् ।

प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका राउतसहित सो पार्टीका ६३ जनालाई प्रहरीले हिरासतमा लिएको थियो । उनीहरुले काठमाडौँको नयाँ बानेश्वरबाट माइतीघरतर्फ पदयात्रा गरिरहेका बेला निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिइ नेपाल प्रहरी क्लबमा राखिएको थियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायाणकाजी श्रेष्ठ सो क्लबमा आफै पुगी अध्यक्ष राउत, मन्त्री अनिता देवी र प्रदर्शनमा सहभागी सबैलाई रिहा गर्न आदेश दिनुभएको गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले निषेधित क्षेत्रमा प्रदर्शन गर्न नमिल्ने भएकाले काठमाडौँ प्रहरी परिसरले हिरासतमा लिएको बताउनुभयो । रासस