• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

विश्वका सर्वाधिक लोकप्रिय युट्युबर ‘मिस्टर बिस्ट’को टिम नेपालमा



काठमाडौँ । सामाजिक सञ्जाल प्लाटफर्म युट्युबमा सर्वाधिक धेरै सब्स्क्राइबर भएका युट्युबर ‘मिस्टर बिस्ट’को टिम नेपाल आइपुगेको छ । शनिवार एक भिडियो सार्वजनिक गर्दै मिस्टर बिस्टले आफ्नो टिम ‘सिक्रेट मिसन’का लागि नेपाल पुगेको जानकारी दिएका छन् ।

२२ करोड ४० लाख बढी सब्स्क्राइबर भएका मिस्टर बिस्टले परोपकारी कामका लागि ‘बिस्ट फिलान्थ्रोफी’ नामक युट्युब च्यानल पनि सञ्चालन गर्दै आएका छन् । शनिबार सो च्यानलमा ‘३० ल्याम्बोर्गेनी भर्सेस १० थाउजेण्ड्स’ शीर्षकको भिडियोको अन्तमा मिस्टर बिस्टले आफ्नो टिम नेपाल पुगेको जानकारी दिएका हुन् ।

खाइलस्था दक्षिण अफ्रिकाबाट टुहुरा बालबालिकालाई सहयोग गर्दै बिस्टले २०२३ परियोजना सुरु गरेका थिए । त्यसपछि होपी रिजर्भेसन परियोजनामा होपी जनजातीका बालबालिकालाई सहयोग गर्दै कम्बोडियाका दुई हजार जनालाई उनले कृत्रिम खुट्टा उपलब्ध गराएका थिए ।

साथै, सोही परियोजनामा मिस्टर बिस्टले कोलम्बियाको एउटा गाउँलाई विद्युत् र इन्टरनेट सेवा, केन्यामा सफा पिउने पानी र त्यहाँका एक हजार स्थानीयलाई विद्युतीय साइकल समेत बाँडेका छन् । फिलिपिन्सको बाल अस्पतालमा सहयोग, थाइल्यान्डमा २० लाख बढी सडक कुकुरलाई सहयोग, जामिबियाको गाउँमा सौर्य ऊर्जाको व्यवस्थाका साथै बिस्टले क्यामेरुनमा हजारौं बालबालिकालाई समेत सहयोग उपलब्ध गराएका छन् ।

२०२३ को सोही परियोजना नेपालबाट टु्ङ्ग्याउने भन्दै सिक्रेट मिसनका लागि आफ्नो टिम संसारको सबैभन्दा उच्च हिमाल माउन्ट एभरेस्टमा पुगेको बिस्टले बताएका छन् ।

हेर्नुहोस् भिडियोः