२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेभिड वार्नरद्वारा टेष्ट–ओडीआई क्रिकेटबाट सन्यासको घोषणा



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले टेष्ट र एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

उनले जनवरी ३ देखि सिड्नीमा पाकिस्तानविरुद्ध आफ्नो करियरको अन्तिम टेस्ट खेल्नेछन् । वार्नरले सोमबार टेष्टसँगै एकदिवसीयबाट सन्यास लिने र टी–२० ढाँचामा खेल्न जारी राख्ने घोषणा गरेका छन् ।

यससँगै उनले आफ्नो प्रदर्शन राम्रो भएमा र सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा टिमलाई आवश्यक परेमा आफू उपलब्ध हुने पनि बताए ।

गत वर्ष भारतमा भएको एकदिवसीय विश्वकपमा अष्ट्रेलियाका लागि डेभिड वार्नर सर्वाधिक स्कोरर बनेका थिए । उनले एकदिवसीय विश्वकपमा खेलेका ११ खेलमा ४८.६३ को औसतमा ५३५ रन बनाए । उनको स्ट्राइक रेट १०८.२९ थियो । उनले २ शतक र २ अर्धशतक पनि प्रहार गरेका थिए ।