७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई एक्लो बनाउने नीति



अ+ अ-

काठमाडौं । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई जसरी पनि एक्लो बनाउने नीति लिएका छन् । पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारवाही गर्ने र उनीसँग निकट रहेका अन्य नेतालाई आफ्नो पक्षमा आउन बाध्य पार्ने नीति लिएका हुन् ।

नेपाल पक्षले समानान्तर कमिटी बनाउन थालेपछि ओली पक्षले पनि भटाभट कारवाही गर्ने वा नेपाल समूहका नेतालाई एक्लाएक्लै भेटेर त्यस्ता कमिटीमा नबस्न आग्रह गर्ने, नमाने तर्साउने नीति लिएको छ । ‘हामीले नेपाल पक्षमा नजानुस्, जाँदा कारबाही हुन्छ, पार्टीको अनुशासन उल्लंघन हुन्छ, अनुशासनको कारबाही हुन्छ भनेर सम्झाएका छौँ,’ ओली निकट एक नेताले भने ।

उनले नेपाल समूहका सांसद र केन्द्रीय सदस्यसँग बेग्लाबेग्लै कुराकानी भइरहेको बताउँदै केही समयपछि नेपालमात्र एक्लै हुनेगरी नेता कार्यकर्ता ओली पक्षमा आउने दाबी गरे । शनिबार मात्रै ओलीले अब केही दिनमा नेपाल पक्षका धेरै नेता आफ्नो टिममा आउने दाबी गरेका थिए । केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले नेपालसँगै केही नेताको समेत राजनीतिक भविष्य अन्योलमा पर्ने दाबी गरेका थिए । नागरिक दैनिकमा समाचार छ ।