![](https://newspolar.com/wp-content/uploads/2022/03/Today_Gold_lm98WOBpXh.jpg)
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ ।
बिहीबार नयाँ नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँमा कारोबार भईरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख २० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आजचाँदी प्रतितोला ३५ रूपैयाँले घटेर १४ सय ५५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।