६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन एक हजार तीन सय रूपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ ।

बिहीबार नयाँ नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँमा कारोबार भईरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख २० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आजचाँदी प्रतितोला ३५ रूपैयाँले घटेर १४ सय ५५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।