• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   डेलिभरी’मा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छ: प्रधानमन्त्री ★   मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस ★   ‘विकास पुरस्कार –२०८१’ बाट सांसद डा. दवेकोटा सम्मानित ★   ‘हार्ने डरले मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट’ ★   शनिबार भक्तपुरमा वः फेस्टिबल, नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्य ★   पाकिस्तान भर्सेस अमेरिकाः नाम अमेरिका, जिताउने ‘भारतीय’ ★   विश्वकप छनोटः नेपाल यूएईसँग ४–० ले पराजित ★   मधेसमा सतिश सिंह मुख्यमन्त्री बन्दै, सपथ आजै ★   गठबन्धनमा खटपट : बजेटमा असन्तुष्ट एमाले मन्त्री फेर्नसमेत असहमत ! ★   टी–२० विश्वकपः पाकिस्तान पहिलो पटक आईसीसीको पूर्ण सदस्य नभएको टोलीसँग पराजित

शिखर इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, २७.७६ प्रतिशत सेयर पूँजी पारित



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडको १५ औं र १६ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कम्पनीको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ गरी दुवै वर्षको वार्षिक साधारणसभा थापाथलीस्थित कम्पनीको आफ्नै मुख्य कार्यालय भवन शिखर बिज सेन्टर परिसरमा सम्पन्न भएको हो ।

संचालक समितिका अध्यक्ष श्री राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । 

यस्तै, ती दुवै आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणउपर छलफल गरी सोलाई समेत पारित गरेको छ । सभाले २०७७÷७८ का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने तथा आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको नियुक्ति पनि अनुमोदन गरेको छ । 

संचालक समितिबाट प्रस्ताव गरिएको २०७७ असार मसान्तसम्म कायम सेयर पूँजीमा ३६.१ प्रतिशत (आ.व. २०७७/७८ मा बाँडफाँड गरिएको हकप्रद सेयरपश्चात कायम हुने सेयर पूँजीमा २७.७६ (प्रतिशत हुने) का दरले ३८१, ६८९, १२७ (रु. अठ्तीस करोड सोह्र लाख उननब्बे हजार एकसय सत्ताइस मात्र)को बोनस सेयर पारित गरेको छ । 

यस्तै, सो बोनस सेयरको कर प्रयोजनार्थ २०७७ असार मसान्तसम्म कायम सेयर पूँजीमा १.९ प्रतिशत (आ.व. २०७७ ७८ मा बाँडफाँड गरिएको हकप्रद सेयर पश्चात कायम हुने सेयर पूँजीमा १.४६२ प्रतिशत हुने)का दरले नगद लाभांश रु. २००८८९०१ (रु. दुई करोड अठासी हजार नौसय एक मात्र) वितरणको प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभाबाट कम्पनीको अधिकृत पूँजी वृद्धि गरी रु.४,०००,०००,००० (रु चार अर्ब) पुर्याउने प्रस्ताव समेत पारित भएको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संसोधन गर्ने अजेण्डा पारित भएको छ । 

प्रस्तावित बोनस सेयर पश्चात कायम हुने कम्पनीको चुक्तापूँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव समेत पारित भएको छ । बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्तापूँजीको ३० प्रतिशतको दरले हकप्रद सेयर जारीको प्रस्ताव समेत साधारणसभाबाट पारित भएको छ । 

यसैगरी, साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूह ‘ख का सेयरधनीबाट निर्वाचित हुने २ संचालकका लागि निर्वाचन समेत भएको छ । दिनेशबज्र बज्राचार्य र स्कन्दकुमार अमात्य यो समूहबाट संचालकमा निर्वाचित हुनुभएको छ । साधारणसभामा संचालक समितिका अध्यक्षले नेपालमा अहिलेसम्म शिखर इन्स्योरेन्स सबै हिसाबले अगाडि रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यसरी अगाडि बढ्ने र नम्बर वान कम्पनीको प्रतिष्ठा कायम गरेर अगाडि बढ्ने बताउनुभयो । 

यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले सेयरधनीले उठाएका जिज्ञासाहरुको जवाफ दिंदै कम्पनीलाई नयाँ उचाई दिने र अझ प्रतिफलमुखी बनाई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सो क्रममा उहाँले कृषि क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्ने, प्रादेशिक स्तरमा आफ्नै भवनहरु निर्माण गर्ने लगायतका प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।